विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट बाहिरियो,
कार्तिक-२६
काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट बाहिरिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एकता गरेपछि नेकपाले मोर्चाबाट बाहिरिने निर्णय गरेको हो।
‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाएका छन्। यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ ।

