नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा,

त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा,

 

भदौ -२३

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका कामहरू भइरहेका छन् ।

प्रसारण लाइन निर्माणका बाँकी कामहरू सम्पन्न गरी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।

8 Sep 2024 , 12:21pm
हाम्रो आवाज