नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

NepaliNP
नेपालगन्जबाट पोखराको लागि बुद्ध एयरको हवाइ उडान सुरु 

नेपालगन्जबाट पोखराको लागि बुद्ध एयरको हवाइ उडान सुरु 

साउन १७, बाँके । आइतबारदेखि बुद्ध एयरले सातामा ३ दिन उडान हुने गरी नेपालगन्ज देखि पोखरासम्मको लागि हवाइ उडान सुरु गरेको छ । 

साताको आइतबार, बुधबार र शुक्रबार नियमित नेपालगन्ज देखि पोखरा सम्मको लागि हवाई उडान हुने जनाइएको छ । यसअघि पोखरा जाने पर्यटक तथा अन्य व्यक्तिहरूलाई पहिले काठमाडौं जानुपर्ने त्यसपछि काठमाडौंबाट पोखराको लागि हवाई सेवा उपलब्ध भएकोमा नेपालगंजबाट अब सिधा  पोखरा जानेहरूका लागि सजिलो भएको जनाइएको छ ।

पोखराबाट १८ यात्रु बोकेर नेपालगंज बिमान स्थलमा अवतरण गरेको बुद्द एयरको बिच बिमानका चालकदल र यात्रुलाई नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाई ले स्वागत गरेका थिए ।

नेपालगन्जबाट सिधा पोखराका लागि हुने उडानले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यात्रा गर्न सजिलो भएको जनाइएको छ ।

1 Aug 2021 , 4:48pm
हाम्रो आवाज