नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

NepaliNP
नेपालले पहिले ब्याटिङ गर्ने

नेपालले पहिले ब्याटिङ गर्ने

भदौ १८, काठमाडौँ । श्रीलंकाको पलाकेले रङ्गशालामा भारतले टस जितेको छ। भारतीय कप्तान रोहित शर्माले टस जितेर बलिङ रोजेका छन्।

दुवै टोलीले एक एक खेलाडी परिवर्तन गरेका छन्। नेपालबाट भीम सार्की टीममा परेका छन्। पाकिस्तानसँगको खेलमा उनी प्लेइङ-११ मा परेका थिएनन्। पाकिस्तानसँग खेलेका आरिफ शेखका ठाउँमा सार्की टीममा परेका हुन्।

त्यस्तै, भारतले पनि बलर जसप्रित बुमराहको ठाउँमा मोहम्मद सामीलाई ‘प्लेइङ–११’ मा राखेको छ। बुमराह पारिवारिक कारणले घर फर्किएका थिए।

नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी।

भारतीय टोली: रोहित शर्मा, शुभमन गिल, विराट कोह्ली, श्रेयस अयेर, इसान किसन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादाव, मोहम्मद शमी, मोहम्मद सिरज।
 

4 Sep 2023 , 3:39pm
हाम्रो आवाज