नेपाली समय:

वि.सं २०८३ भाद्र ४   बिहीवार

EnglishEN
सर्लाहीमा ६६० किलो गाँजा सहित दुई जना पक्राउ,

सर्लाहीमा ६६० किलो गाँजा सहित दुई जना पक्राउ,

भदौ-४
सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१४ डाइनीखोलाबाट ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा भारततर्फ सप्लाई गर्ने उद्देश्यले लुकाइराखेको अवस्थामा ६६० किलो गाँजा बरामद गरेको हो।


प्रहरीका अनुसार लालबन्दी–१४ निवासी ६३ वर्षीय नरबहादुर थिङले आफ्नै घरमा २६ वटा बोरामा लुकाएर राखेको ५६० किलो गाँजा बरामद गरिएको छ। यस्तै, सोही स्थानकी ५२ वर्षीया जेसुन माया थिङले गोठमा चारवटा टिनका ड्रमभित्र लुकाएर राखेको करिब १०० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीमा बुझाएको छ।

 

९ घण्टा पहिले
हाम्रो आवाज