मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह,
भदौ-५
काठमाडौं – निर्वाचन आयोगले मृतक मतदाताको विवरण अद्यावधिक गराउन आग्रह गरेको छ।
सोमबार विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन मृतक मतदाताको विवरण समयमै अद्यावधिक गराउन अनुरोध गरेको हो।
आयोगले मतदाताको मृत्यु भएको अवस्थामा निजको एकाघर परिवारका सदस्य वा अन्य सम्बन्धित व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र जानकारी गराउन भनेको छ।

