कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा रिट दायर,
भदौ -५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।
पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाएको भन्दै देउवा समूह सर्वोच्च पुगेको हो ।
देउवा र खड्काका तर्फबाट छुट्टाछुट्टै रिट दर्ता गरिएको कांग्रेस इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी गराएका छन्।
देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका थिए ।

