नेपालगञ्जका तीन स्पा संचालक पक्राउ,
भदौ-९
बाँके - प्रहरीले नेपालगजमा सञ्चालित दुई स्पा सेन्टरका तीन जना सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली रहेका छन् ।
पक्राउ पर्नेमा नेपालगज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगज उपमहानगरपालिका–२ का रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई सोमबार जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जनाएका छ्न्।

