बेवारिसे शवको विवरण अनलाइनमा हेर्न सकिने- नेपाल प्रहरी
भदौ- ११
रसुवाको भोटेकोशीमा आएको भिषण बाढीमा ज्यान गुमाएकाको शव अनलाइन पोर्टलमार्फत हेर्न सकिने भएको छ । नेपाल प्रहरीले पहिचान नखुलेका तथा बेवारिसे शवसम्बन्धी विवरण अनलाइनबाट हेर्ने व्यवस्था मिलाइएको जानकारी गराएको हो ।
प्रहरीले दिएको क्युआरमा स्क्यान गरेर वा वेभसाइटमा गएर विवरण हेर्न सकिनेछ । हिजो बिहान आएको बाढीमा २८९ जनाको शव फेला परेको छ । विभिन्न शवगृहमा राखिएको ती शवको पहिचान खुल्न नसकेको बताइएको छ ।

