नेपाली समय:

वि.सं २०८३ भाद्र १२   शुक्रवार

EnglishEN
भारतमा पनि भेटिए बाढीले बगाएका शवहरू,

भारतमा पनि भेटिए बाढीले बगाएका शवहरू,

भदौ -१२

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित महराजगंजमा गण्डक (नारायणी) नदीबाट चारवटा र कुशीनगरमा तीनवटा शव फेला परेका छन् । नेपालमा आएको भीषण बाढीका क्रममा यी शवहरू नदीमा बगेर तीव्र बहावसँगै भारततर्फ आएको आशंका गरिएको छ ।

अधिकारीहरूका अनुसार पाँच महिला र दुई पुरुषका शव भेटिएका हुन् । सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा शवहरू बगिरहेको देखेको थियो । टोलीले मोटरबोटको सहयोगमा ती शवहरूलाई नदीबाट बाहिर निकालेर महराजगंज र कुशीनगर जिल्ला मुख्यालय पठाएको छ। अहिलेसम्म शवहरूको पहिचान हुन सकेको छैन।

१ घण्टा पहिले
हाम्रो आवाज