नेपाली समय:

वि.सं २०८३ भाद्र २१   आइतबार

EnglishEN
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध,

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध,

भदौ -२१
काठमाडौं - देशमा भएको अविरल वर्षाका र त्यसले निम्त्याएको बाढी तथा पहिरोले कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा  यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित चिसापानी र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ-धादिङ र कान्ति लोकपथमा यात्रा गर्ने यात्रुहरूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । बेनीघाट रोराङ-७ कृष्णभिर र गजुरी-२ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भिर र ज्वाङखोलामा एकतर्फी मात्रै बाटो खुलेको छ ।

६ घण्टा पहिले
हाम्रो आवाज