नेपाली समय:

वि.सं २०८३ भाद्र २२   सोमवार

EnglishEN
ताप्लेजुङको मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता,

ताप्लेजुङको मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता,

भदौ -२२

ताप्लेजुङ -ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेको थियो ।

दुर्घटनापछि सोही ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी दिएका थिए । 

ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ भने ट्याक्टर चालकको ठेगाना तत्काल नखुलेका समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी गराएका छन् ।

बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

७ घण्टा पहिले
हाम्रो आवाज