सिन्धुलीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु,
भदौ -२४
काठमाडौं - सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुर तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १८१४ नं. को ट्रकको ठक्करबाट सोही पालिका वडानम्बर ३ का माइते राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पैदलयात्रीलाई ठक्कर दिएको उक्त ट्रकले नजिकै रहेको मधेश प्रदेश ०२-०१० प ००३४ नं.को मोटरसाइकललाई पनि ठक्कर दिएको थियो ।

