नेपाली समय:

वि.सं २०८३ भाद्र २५   बिहीवार

EnglishEN
आज प्रतिनिधिसभाको बैठक बस्दै,

आज प्रतिनिधिसभाको बैठक बस्दै,

भदौ- २५
काठमाडौँ- आज प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । 

बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उनले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

५ घण्टा पहिले
हाम्रो आवाज