आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा महिलाको मृत्यु,
भदौ -३०
वालिङ (स्याङ्जा) -ऋषिपञ्चमीको अवसरमा स्याङ्जाको आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा मंगलबार बिहान एक महिलाको मृत्यु भएको छ । वालिङ नगरपालिका–९, भूम्रेकी ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिएका छ्न ।
उनका अनुसार, भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झन्डै चार किलोमिटर तल वालिङ–१३, शान्तिघाटस्थित आँधीखोलामा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ । रासस

