आज सर्वदलीय बैठक बस्दै,
भदौ- ३१
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ । आज बस्ने बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको जनाइएको छ।यस्तै उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।

