नेपाली समय:

वि.सं २०८३ आश्विन ७   बुधवार

EnglishEN
चारवटा समितिको बैठक आज बस्दै,

चारवटा समितिको बैठक आज बस्दै,

असोज -६
काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका साथै उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

१३ घण्टा पहिले
हाम्रो आवाज