नेपाली समय:

वि.सं २०८३ आश्विन ८   बिहीवार

EnglishEN
नेपालगञ्जमा हवाई फायर गरी खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ,

नेपालगञ्जमा हवाई फायर गरी खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ,

असोज ७, 
बाँके - नेपालगञ्जमा लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

भारत उत्तर प्रदेशको बहराइचबाट लागूऔषध खैरो हेरोइन लिएर नेपालको विभिन्न ठाउँमा बिक्री गर्ने समूहलाई निगरानी गर्ने क्रममा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१४ बाट एक जनालाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई शंकाको आधारमा जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार लागू औसत कारोबारीले मोटरसाइकललाई रोक्दा गोली चलाएर नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती व्यक्तिले चेतावनीका बाबजुद मोटरसाइकल नरोकेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो ।

त्यसपछि मोटरसाइकलसहित नियन्त्रणमा लिई खानतलासी गर्दा भारतको उत्तर प्रदेश बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राईको साथबाट लागूऔषध खैरो हेरोइन १०३ ग्राम ७९० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेट UP40J0657 को मोटरसाइकल र एक थान मोबाइलसमेत बरामद गरेको छ ।

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

१८ घण्टा पहिले
हाम्रो आवाज