नेपाली समय:

वि.सं २०८३ आश्विन ९   शुक्रवार

EnglishEN
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो,

महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो,

असोज -९
मकवानपुर- लगातार भारी वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ ।

पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । सडकको अवस्था बुझेर तथा सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री तथा ट्राफिक प्रहरी निरीक्षक राजु विष्ट सहितको टोली घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता मदनकुमार काफ्लेले प्रहरी टोली घटनास्थलमा पुगेर सडकको अवस्थाबारे जानकारी लिइरहेको बताएका छन् ।

६ घण्टा पहिले
हाम्रो आवाज