नेपाली समय:

वि.सं २०८३ आश्विन १०   शनिवार

EnglishEN
सप्तकोशी नदीमा जलसतह बढ्दै,

सप्तकोशी नदीमा जलसतह बढ्दै,

असोज- १०
काठमाडौँ-तीन दिनदेखिको वर्षाका कारण सुनसरी र सप्तरीको सीमाना हुँदै बग्ने सप्तकोशी नदीमा जलसतह जोखिमपूर्ण अवस्थामा पुगेको छ । कोशी ब्यारेजमा जलसतह शनिबार दिउँसो ३ बजे २ लाख ९० हजार ३७० क्युसेक पुगेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म भाण्टाबारीका प्रहरी नायव उपरीक्षक फुर्गेली शेर्पाले जानकारी गराएका छन्। 

शनिबार बिहान ३ लाख १० हजार १ सय क्युसेकसम्म पुगेको थियो । पानीको बहाव २ लाख ५० हजार क्युसेकभन्दा बढी हुनुलाई जोखिमपूर्ण मानिन्छ ।

पछिल्लो समय ब्यारेजका ५६ मध्ये ३८ वटा ढोको खोलिएको उनले बताए । उनकाअनुसार शुक्रबार राति ३ लाख १३ हजार ५९५ क्युसेकसम्म पुगेको जलसतह अहिले घट्ने क्रममा छ । 

३ घण्टा पहिले
हाम्रो आवाज