नेपाली समय:

वि.सं २०८३ आश्विन १६   शुक्रवार

EnglishEN
नेपालगञ्जमा लागू औषध ब्राउन सुगरसहित ३ भारतीय नागरिक पक्राउ,

नेपालगञ्जमा लागू औषध ब्राउन सुगरसहित ३ भारतीय नागरिक पक्राउ,


असोज १५ 
नेपालगञ्ज-नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित होटल डायमण्ड प्यालेसको प्राङ्गणमा रहेको द अप्पर डेस्क रेस्टुरेन्ट बाट लागू औषध ब्राउन सुगरसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका तीनैजना भारत उत्तर प्रदेश जिल्ला बहराईच नानपारा बस्ने वर्ष २१ को रिजवान अहमद इदृषि, सोही ठाउँ बस्ने वर्ष १८ को माज अहमद र सोही ठाउँ बस्ने वर्ष २६ को रफत खान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी गराएका छन्। 
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले शङ्काको आधारमा जाँच गर्दा निजहरूसँग उक्त लागू औषध फेला पारी नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई थुनामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रतीत सिंह राठौरले जानकारी गराएका छन्।

१५ घण्टा पहिले
हाम्रो आवाज