नेपाली समय:

वि.सं २०८३ आश्विन १९   सोमवार

EnglishEN
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि,

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि,

असोज -१८
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको छ। 

महाधिवेशनको उद्घाटन आज आइतबार दिउँसो २ बजे हुने कार्यक्रम छ। असोज १८ गतेदेखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनमा सहभागिताका लागि देशभरबाट प्रतिनिधिहरू राजधानीमा पुगिसकेका छन्। राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी गराएका छन् ।

कांग्रेसका अनुसार महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन्। उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

१५ घण्टा पहिले
हाम्रो आवाज