बेलायतस्थित सैन्य आधार शिविर बाट अमेरिकी सबै बमवर्षक विमान फिर्ता,
असोज- १९
काठमाडौं । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो कदम प्रति–आतंकवाद प्रहरीले अनुसन्धान गरिरहेको गम्भीर घटनापछि आएको हो ।
अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार जारी गरेको वक्तव्यमा सैन्य आधारमा रहेका सबै बमवर्षक विमानलाई अमेरिकास्थित उनीहरूका मुख्य सैन्य आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन् ।
विमान फिर्ता बोलाउनुको स्पष्ट कारण अमेरिकाले सार्वजनिक गरेको छैन । तर, गत सेप्टेम्बर २७ मा ग्लुस्टरशायरस्थित उक्त हवाई अड्डानजिकै तीनवटा शंकास्पद सवारीसाधन फेला परेपछि विकसित घटनाक्रमसँग यसलाई जोडेर हेरिएको छ ।

