नेपाली समय:

वि.सं २०८३ आश्विन २२   बिहीवार

EnglishEN
रेड क्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ दिने,

रेड क्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ दिने,

असोज -२१
काठमाडौं - नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ। बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रेडक्रसले उक्त आर्थिक सहायता प्रदान गर्न लागेको हो।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले गत साता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा प्रभावित परिवारलाई नगद सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।

नेपाल रेडक्रसले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको ‘समुन्नति कार्यक्रम’मार्फत उक्त सहायता उपलब्ध गराउनेछ।

१८ घण्टा पहिले
हाम्रो आवाज