नेपाली समय:

वि.सं २०८३ आश्विन ३०   शुक्रवार

EnglishEN
पाकिस्तानमा एक विद्यालयको छाना खस्दा एक  शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु,

पाकिस्तानमा एक विद्यालयको छाना खस्दा एक शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु,

एजेन्सी-

असोज -२९

पाकिस्तान । उत्तर–पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् ।

पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’ का अधिकारी आसिम खानले मृतकको संख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विज्ञप्ति जारी गर्दै घटनामा भविष्यका कर्णधारहरुको बहुमूल्य जीवन गुमेको घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन् ।

१० घण्टा पहिले
हाम्रो आवाज