मधेश प्रदेश सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता,
असोज- ३०
जनकपुरधाम - मधेश प्रदेश सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिँदै सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाज कल्याणमन्त्री लखन दासतत्मा छन् ।
एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराएका छन् ।

