नेपाली समय:

वि.सं २०८३ कार्तिक ९   आइतबार

EnglishEN
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेत रङ्गशाला तयारी अवस्थामा,

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेत रङ्गशाला तयारी अवस्थामा,

कार्तिक- ७

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको तयारीस्वरूप संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र पारेका छन्।

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खेल पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ।

प्रतियोगिताको उद्‌घाटन र समापन समारोह हुने १० हजार दर्शक क्षमताको रंगशाला निर्माण सम्पन्न भएसँगै कर्णालीले राष्ट्रिय खेलकुदलाई स्वागत गर्ने तयारी गरेको हो।

१२ घण्टा पहिले
हाम्रो आवाज