नेपाली समय:

वि.सं २०८३ कार्तिक ९   आइतबार

EnglishEN
पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक,

पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक,

कार्तिक- ७ 
काठमाडौँ - विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा.डा.सृजना श्रेष्ठले नेपालले हासिल गरेको पोलियोमुक्त अवस्थालाई कायम राख्न निरन्तर प्रयास र सतर्कता आवश्यक रहेको बताउनुभएको छ।
विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले नेपालले पोलियो उन्मूलनमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि त्यसलाई दीर्घकालसम्म कायम राख्न निरन्तर निगरानी र प्रभावकारी खोप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

१० घण्टा पहिले
हाम्रो आवाज