गुल्मीमा स्कार्पियो दुर्घटना : ६ जनाको मृत्यु,
कार्तिक -९
गुल्मी । कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको BAA ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।
कालिगण्डकी गाउपालिकाका अध्यक्ष वेद बहादुर थापाका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइतेहरुको उपचार लाई अस्पताल पठाइएको जनाइएको छ ।

