नेपाली समय:

वि.सं २०८३ कार्तिक ११   मंगलवार

EnglishEN
कार्तिक १५ गतेपछि धानबाली भित्र्याउन कृषि विकास कार्यालयको अनुरोध,

कार्तिक १५ गतेपछि धानबाली भित्र्याउन कृषि विकास कार्यालयको अनुरोध,


कार्तिक -१०
धादिङ। कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।

कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख छ। वर्षाबाट धानबालीमा क्षति हुन नदिन विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

पाकिसकेको धान मौसमको अवस्था हेरेर आजसम्म भित्र्याइसक्न वा कात्तिक १५ गतेपछि मात्र काट्न कार्यालयले सुझाएको छ। तत्काल भित्र्याउन नसकिने धान भने मौसममा सुधार आएपछि मात्र काट्ने गरी समय मिलाउन कृषकलाई आग्रह गरिएको छ। 

४ घण्टा पहिले
हाम्रो आवाज