नेपाली समय:

वि.सं २०८३ कार्तिक १५   शनिवार

EnglishEN
अण्डाको होलसेल मुल्य बढ्यो, उपभोक्ता मूल्य तथावत,

अण्डाको होलसेल मुल्य बढ्यो, उपभोक्ता मूल्य तथावत,

कार्तिक-१३

चितवन- चाडपर्वसँगै अण्डाको माग बढेपछि थोक मूल्य वृद्धि भएको छ ।

चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको थोक मूल्य बढाएको हो ।

यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।

नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।

१ दिन पहिले
हाम्रो आवाज