नेपाली समय:

वि.सं २०८३ कार्तिक १८   मंगलवार

EnglishEN
भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्न सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन,

भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्न सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन,

कार्तिक -१७

आगामी एक महिनाभित्र भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्न सबै स्थानीय तहलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले सबै स्थानीय तहलाई पत्र जारी गर्दै सबै महानगरपालिका उपमहानगरपालिका र नगरपालिका र गाउँपालिकाहरूलाई भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।

कार्तिक १३ गते बसेको मन्त्रिस्तरीय बैठकले गरेको निर्णय अनुसार उक्त निर्देशन जारी गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने बनेको अध्यादेश २०८३ बमोजिम मालपोत ऐन २०३४ म भएको संशोधनले ऐनको दफा ८ ग ले रजिस्ट्रेसन समेत गर्ने काम स्थानीय तहले गर्ने व्यवस्था गरिने जनाइएको छ।

१३ घण्टा पहिले
हाम्रो आवाज