नेपाली समय:

वि.सं २०७६ फाल्गुण ८   बिहीवार

EnglishEN
पाँचथर ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा दुर्घटना भएका हो ।

मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी ट्र्याक्टरका चालक याङवरक–३, ओयामका २१ वर्षीय सन्तोष मगर र सह–चालक फिदिम–९, लुम्फाबुङका २० वर्षीय धीरेन राई घाइते भएका छन् ।

कुम्मायक–२, माङजाबुङस्थित सुब्बाटोलबाट सल्लाको काठ लिई चौथी बजारतर्फ जाने क्रममा अनियन्त्रित भई लु १ त ६२४ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए । 

 

८ May २०१९ , ९:३१pm
हाम्रो आवाज