नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
  ट्रकको ठक्करबाट एक युवकको मृत्यु   

  ट्रकको ठक्करबाट एक युवकको मृत्यु   

   
कैलाली, ६ माघ : कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।    
    
दुर्घटनामा गम्भीर घाइते भएका विकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।    
 

२० Jan २०२० , १०:२३pm
हाम्रो आवाज