नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
भाजपा अध्यक्षमा नाडा चयन   

भाजपा अध्यक्षमा नाडा चयन   

    
नयाँ दिल्ली, ६ माघ :  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी नयाँ व्यक्तिलाई दिइएको छ ।    
    
पार्टीले सोमबार नेता जगत प्रकाश नाडालाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको नेताहरुले जानकारी दिएका छन् ।    
    
उहाँ विगत छ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहनु भएको थियो । तत्कालिन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उहाँले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो ।    
    
नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बन्नुभएको छ । उहाँ यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत हुनुभएको थियो ।    
    
भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दावी गरेको छ । रासस/एएनआई   
 

२० Jan २०२० , १०:३५pm
हाम्रो आवाज