नाटक ''झिम्के मामा" मा जात व्यस्थाको कथा
काठमाडौं, माघ ९
मान्छे मान्छे एउटै होनी फरक किन भो
श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो ।।
सितको थोपा हुँ म मन्दिरको जल हैन
नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन ।।
यी दुई फरक फरक गीतको भाव र शब्दलाई हेर्दा र सुन्दा समाजमा अनगिन्ती विभेद भएको भान हुन्छ । देश संघियतामा धर्म निरपेक्षतामा गैसकेको छ । जाती उन्मुलनको कुरा, समानताको कुरा सुन्न पाईन्छ । नयाँ मुलुमा कहिँ कतै असमानताको भान हुदैन तपाईँहरुलाई भन्दै ठूलठुला नेताहरुको भाषण पनि सुन्नमा आउँछ । पहिचानको लडाई हो भन्दै १० वर्षे जनआन्दोलन पनि भयो । तर जात व्यवस्था भने पानामा मात्र सिमित भएको पाइन्छ । अहिलेको आधुनिक सामाजमा त्यस्तो युवा जमातले हामी जात व्यवस्था मान्दैनौँ भने पनि विवाहवारी अझँसम्म पनि चल्दैन् । जनआन्दोलनको उपलब्धी केहि पनि भएको छैन भन्न चाँहिमिल्दैन ।
जात व्यवस्था, मासिन्या, नमासिन्या जात पहिले देखि भएपनि कानुनी रुपमा भने वि.स. १९१० मा जब मुलुकी ऐन जारी भएपछि कानुनी मान्यता प्राप्त गरेको हो । यो अवस्था अहिले आएर कम भएको छैन भन्न मिल्दैन तर विश्व अर्थतन्त्र र प्रविधिको जमानामा यो जात व्यवस्था सुन्दा अझैँ पनि नेपाल कुन शताव्दीमा छ भन्ने जस्तो हुन्छ ।
अहिले यहि जात व्यवस्थामा आधारीत भएर नाटक घरमा एउटा नाटक मञ्चन भैरहेको नाटक हो “झिम्के मामा” ।
मञ्चमा देखिन्छ एउटा सुन्दर घर, कलधारा त्यस्तै गरेर त्यहाँ सुन्दर देउराली पनि देखिन्छ । त्यो उरालीमा एउटा मन्दिर पनि छ । त्यहाँको जुनखालको वातावरण देखिन्छ । दर्शकहरुलाई त्यो चिजले लोभ्याउँछ ।
चौतारामा गाउँ विकासका कामकाजको बारेमा छलफल हुन्छ । गाउँ विकासमा एउटा व्यक्तिको ठुलो हात छ भन्दै गफ चलिरेको हुन्छ “भिम्के मामा” । दशैँको मौसम चलिरहेको हुन्छ कुराकानी पनि त्यहि सम्बन्धि भैरहेको हुन्छ ।
अहिले युवा विदेश पलायनका कुरा विद्धमान छ । गाउँ बषौँ कसरी युवाहरुबिना सुनसान हुन्छ । मान्छे गाउँलाई भन्दा किन सहरलाई बढि प्रथमीकतामा राखेका छन्त भन्ने कुरालाई बडा सराहनिय तरिकाले प्रस्तुत गरिएको छ ।
पुरै नाटक भरि रमाईलो गाउँ घरको रौनकता देख्नलाई पाईन्छ । गाउँमा भएको मन्दिरमा सधैँ जसो पुजापाठ हुने गर्दछ । झिम्को यो कामलाई सबैजनाले प्रशंसा पनि समय समयमा गरेको देखिन्छ ।
जब त्यो गाउँलेले झिम्के दलित हो भन्ने कुरा थाहाँ पाउँछन् । त्यसपछि उनीहरुको व्यवाहार यो पृथ्वी नै भाँसीयो जस्तो गरी व्यवहार गर्न थाल्छन।
मञ्चमा थरीथरीको आवाज सुनिन थाल्छ । यो गाउँलाई दसा लाग्यो, यो गाँउ दुस्त भयो, झिम्केले बनाएको मन्दिरमा पूजा भयो, पुजारि बाजेले पनि गाउँ छोडेर गए, यो गाउँमा अनिष्ट भयो, सय चोटी गंगाजलले पखाले पनि यो गाउँ पवित्र हुँदैन । बारम्बार यहि आवाज गुँज्जेमान हुन्छ ।
झिम्केलाई पानी पनि खान दिँदैनन् र ऊ आफू बनाएको मन्दिरमा आफ्नो प्राण त्याग्छ र उसको मरेका शरिर उठाउन कोहि आउँदैन र त्यो मृत शरिरलाई आफ्नै आफन्ति गाउँले आउँछन् ।
झिम्केको भान्जाले जब आफ्नी आमालाई प्रश्न गर्छन र भन्छन् आफ्नी आमालाई आमा के सार्की मान्छे हैन आमा ? यो बाल मानसिकतामा दगुरेको प्रश्न हुन्छ जसले पुरै नाटकलाई न्याय दिएको छ ।
पुरै गाउँलाई उसको श्रम चलिरहेको हुन्छ उसको सिपको पनि सबै गाउँलेले खुलेर प्रशंसा गर्छन । जब ऊ सार्कि थाहाँ हुन्छ उसका सम्पूर्ण कुरा अछुत हुन्छ। सबै कुरा स्वीकार्य छ तर त्यहाँ जात मात्र स्वीकार्य नभएको देखिन्छ ।
नाटको सबै कुरा सामान्य जस्तो लाग्छ । नौलो विषय वस्तु केहि छैन भन्दा लेखक तथा निर्देशक भन्छन् यो सानो र सामान्य देखिए पनि यो अझैँ पनि ठुलो मुद्दा रहेको छ । त्यसैले पनि लेखे । एउटा सानो समुदायको व्यक्ति कसरी उपल्लो वर्ग भएको समुदायका अटाउँदैन त । अर्को समुदायमा जाँदा जीवन धान्न कतिको गारो हुन्छ भन्ने देखाउन खोजेको छु ।
उनी भन्छन् झिम्केको सबै कुरा त्यो गाउँमा चल्छ तर मात्र उसको जात चल्दैन यो भन्दा बिडम्बना अरु केहुन सक्छ र । समाजको यर्थाथ घटनालाई उजागर गरेको देखिन्छ ।
यसरी हेर्दा यो नाटक सामाजमाथि गरेको ठूलो व्यङ्ग्य देखिन्छ । यस नाटकमा सबै कलाकारहरुको अभिनय तिखारीएको देखिन्छ र निर्देशकीय पनि गज्जबको देख्न पाईन्छ ।
यस नाटकको लेखक तथा निर्देशक रहेका छन् प्रदिप कुमार चौधरी रहेका छन् भने मञ्चमा देखिने कलाकारहरु रहेका छन् नाटकको प्रमुख पात्रको भूमिका अंकित खड्काले गरेका छन् भने नाटकमा अनुप न्यौपाने, संयोग गुरागाईं, सागर खाती(कामी), रिता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्या बराल आदिको अभिनय रहेको छ । सुशील पाण्डे, विकास पन्त, मोहन थापा, उषाकिरण काफ्ले, क्रिजन महत, रक्षा थापा, अर्विन्द अमात्यले पनि नाटकमा अभिनय गरेका छन् । ‘झिम्के मामा’ नाटक माघ २ देखि २६ सम्म अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ ।