नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
प्रदेश ५ बाट राष्ट्रियसभामा तीनैजना नेकपाका उम्मेदवार विजयी

प्रदेश ५ बाट राष्ट्रियसभामा तीनैजना नेकपाका उम्मेदवार विजयी

बुटवल,९ माघ : राष्ट्रियसभा सदस्यमा प्रदेश ५ बाट तीनैजना नेकपा उम्मेदवार विजयी भएका छन् । महिलातर्फ विमला घिमिरे, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट जगप्रसाद शर्मा र अन्य समूहबाट गोपालप्रसाद भट्टराई राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महिलाबाट निर्वाचित घिमिरेले नेपाली कांग्रेसकी गिरिजादेवी न्यौपानेलाई पराजित गरिन् । अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहबाट निर्वा्चित शर्माले काँग्रेसका मेराज अहमद हलवाई, समाजवादी पार्टीका सुनिलकुमार सिंघललाई पराजित गरे ।

अन्य समूहतर्फबाट निर्वाचित भट्टराईले कांग्रेसका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्ण प्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेललाई पराजित गरे ।
 

२३ Jan २०२० , ८:३२pm
हाम्रो आवाज