नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
   राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट स्वाँर र भट्ट विजयी   

   राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट स्वाँर र भट्ट विजयी   

डोटी, १० माघ : राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का तारामान स्वाँर र शारदा भट्ट निर्वाचित हुनुभएको छ । स्वाँरले ३ हजार ७२० मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताव ठगुन्नाले २ हजार ८४ मत प्राप्त गर्नुभएको छ ।    
    
राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपाका शारदा भट्ट विजयी हुनुभएको छ । उहाँले ३ हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले १ हजार ८५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।    
    
बिहिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २२९ मध्ये २२७ जना जनप्रतिनिधिले मतदान गर्नुभएको थियो । नेकपाका अछाम जिल्लाबाट प्रदेश समानुपातिक सांसद मनकुमारी साउद र नेपाली काँग्रेसबाट निर्वाचित साइपाल गाउँपालिका बझाङकी उपाध्यक्ष कल्पना बोहरा मतदानमा सहभागी नहुँदा जम्मा २२७ मात्रै मत खसेको र ६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ । रासस    
 

२४ Jan २०२० , ९:५४am
हाम्रो आवाज