नेपाली समय:

वि.सं २०७७ साउन ३१   शनिवार

EnglishEN
  नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा   

  नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा   

नेपालगञ्ज, १० माघ : विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष विहीबारदेखि सञ्चालनमा छ । गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।    

काठमाडौँ, धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ । उहाँले सहायता कक्ष निर्माण भए पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको हुँदा यथाशीघ्र सबै ठाउँमा कर्मचारी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने छ ।     
    
 

२४ Jan २०२० , १०:४२am
हाम्रो आवाज