नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
     कर्णाली प्रदेश विकास परिषद्को बैठक सम्पन्न   

     कर्णाली प्रदेश विकास परिषद्को बैठक सम्पन्न   

सुर्खेत, १० माघ : ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ आजदेखि शुरु भएको कर्णाली प्रदेश विकास परिषद्को बैठक सकिएको छ । परिषद्का अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा बसेको बैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।    
    
बैठकमा सहभागी परिषद् सदस्यले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मूलभूतरुपमा सही भए पनि अझै वस्तुनिष्ट बनाउन सुझाव दिएका छन् । प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागी परिषद् सदस्यले आधारपत्रका बारेमा आ–आफ्ना सुझाव राखेका थिए । बैठकमा ४३ परिषद् सदस्यले सुझाव राखेका थिए ।    
    
बैठकमा परिषद् अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखी कर्णालीवासी बनाउने दायित्व सबैको भएको बताउनुभयो । उहाँले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको बताउँदै पाँच वर्षमा एक हजार १४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १०० डलर पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो ।    
    
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशलाई सुखी बनाउने भनेको सडक यातायात नै रहेको बताउँदै जिल्ला सदरमुकामसम्म सडक नै नपुगेका बेला जलमार्ग, हिमाली भेगमा विमानस्थल, विद्युतीय रेलमार्गजस्ता योजना काल्पनिक देखिने धारणा राख्नुभयो ।    
    
कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधानबमोजिम गठित प्रदेश विकास परिषद्को आज सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्री, कर्णाली प्रदेशसभाका संसदीय दलका नेता, संसदीय समितिका अध्यक्ष, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिव, कर्णाली प्रदेशभित्रका सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखको सहभागिता रहेको थियो । रासस     

२४ Jan २०२० , ८:०७pm
हाम्रो आवाज