नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

EnglishEN
     आसाममा चार वटा बिस्फोट   

     आसाममा चार वटा बिस्फोट   

गुवाहाटी, १२ माघ : भारतमा गणतन्त्र दिवसकै दिन आइतबार बिहान पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन् । यी बिस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको अधिकारीहरुले बताएका छन् ।    
    
डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएका हुन् । अर्को बिस्फोट डुलियाजानमा भएको थियो ।    
    
चराइदेओ जिल्लाको टिओक घाट नजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ । राज्यका वरिष्ट प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका र अनुसन्धान शुरु भएको छ । उक्त बिस्फोटबाट मानवीय वा अन्य क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ ।रासस/पिटिआई    

२६ Jan २०२० , ३:१५pm
हाम्रो आवाज