नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
     हिंसा निगरानी समूहलाई क्षमता अभिवृद्धि तालीम   

     हिंसा निगरानी समूहलाई क्षमता अभिवृद्धि तालीम   

कैलाली, १४ माघ : हिंसा न्यूनीकरण गरी मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले गौरीगङ्गा नगरपालिकास्तरीय सञ्जाल हिंसा निगरानी समूहका लागि ‘क्षमता अभिवृद्धि’ तालीम सोमबार धनगढीमा सम्पन्न भएको छ ।    
    
एफएमडिसी तथा विकास र परिवर्तनका लागि सञ्चारद्वारा आयोजित उक्त तालीममा तालीममा मानवअधिकारकर्मी तथा अधिवक्ता चेतराज भट्टले मानवअधिकार, राज्यको कार्यान्वयनको अवस्था, संविधान प्रदत्त मौलिक हक, पीडितका कानूनी अधिकार, विवाद र विवाद समाधानका रणनीति, नेतृत्व विकास, पैरवी वकालत, महिला हिंसालगायतबारे प्रशिक्षण दिनुभएको थियो ।     
    
सो अवसरमा एफएमडिसीका कार्यकारी निर्देशक उमिद बागचन्दले गौरीगङ्गा नगरपालिकामा हिंसा न्यूनीकरण गर्न र मानवअधिकारको संरक्षण गर्न तालीम दिइएको जानकारी दिनुभयो ।         
गौरीगङ्गालाई एक वर्षभित्र मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले हिंसा निगरानी समूहलाई तालीम दिइएको उहाँको भनाइ छ ।    
    
विगतमा आफ्नो हक अधिकारबारे थाहा नभएको र तालीमपछि यी विषयबारे जानकारी पाएको तालीममा सहभागीहरुको धारणा थियो ।  

२८ Jan २०२० , १०:३७am
हाम्रो आवाज