नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
     विगतका अन्यायलाई सच्याउन नागरिकता संशोधन ऐन : भारतीय प्रधानमन्त्री   

     विगतका अन्यायलाई सच्याउन नागरिकता संशोधन ऐन : भारतीय प्रधानमन्त्री   

नयाँ दिल्ली, १४ माघ :  सरकारले नागरिकता संशोधन ऐनमार्फत विदेशमा रहेका ‘ऐतिहासिक अन्याय’लाई सच्याउन लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार बताउनुभएको छ ।    
    
भारतीय जनता पार्टी (भाजपा) ले छिमेकी मुलुकमा बस्दै आएका धार्मिक अल्पसङ्ख्यक समुदायसँग गरेको ‘पूरानो वाचा’ लाई पूरा गर्न नागरिकतासम्बन्धी कानूनलाई संशोधन गरेको उहाँले बताउनुभयो ।    
    
प्रधानमन्त्रीको नेशनल क्याडेट कप्र्स (एनसीसी) प्रदर्शन–२०२० का अवसरमा बोल्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतको स्वतन्त्रतादेखि नै जम्मू–काश्मिर समस्या कायम थियो । यसलाई केही परिवार र राजनीतिक दलहरूले यस क्षेत्रका मुद्दालाई जीवितै राखेका थिए जसका कारण जम्मू–काश्मिरमा आतङ्कवाद फस्टायो ।    
    
वर्तमान सरकारले दशकौं पुरानो समस्यालाई समाधान गर्न प्रयास गरिरहेको उहाँको कथन थियो ।    
    
पाकिस्तानको आलोचना गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो छिमेकी मुलुकले तीन वटा युद्ध गुमाएको छ, तर भारतको बिरूद्ध ‘प्रोक्सी’ युद्ध जारी छ ।    
    
अघिल्ला सरकारहरूले समस्यालाई कानून र सुशासनको मुद्दाको रूपमा व्यवहार गरे ।    
    
“तर बाहिरी सेनाले पनि कारबाहीको लागि अनुरोध गर्दा पनि उनीहरू अगाडि बढ्ने आँट गरेनन् ,“ प्रधानमन्त्री मोदीले केन्द्रमा विगतका सरकारहरूको ‘निष्क्रियता’को आलोचना गर्नुभयो ।         
उहाँले भन्नुभयो, “अहिले जम्मू–काश्मिर मात्र होइन देशका अन्य भागहरू पनि शान्तिमय छन् र सरकारले उत्तरपूर्व क्षेत्रको आकांक्षा सम्बोधन गर्न सफल भएको छ जुन दशकौंसम्म उपेक्षित रहेको थियो ।”    
    
बोडो सहमति, तीन तलाक र जम्मू–काश्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा ३७०को खारेजीलाई सरकारले आफ्नो उपलब्धीको सूचीमा राखेको प्रधानमन्त्रीले बताउनुभयो । रासस/पीटीआई   
 

२८ Jan २०२० , ८:३८pm
हाम्रो आवाज