
सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक
सियोल, १६ माघ : विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसु¬ङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ ।
सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ । रासस-एएनआई