नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
  हिउँदे वर्षात्ले तरकारीमा क्षति   

  हिउँदे वर्षात्ले तरकारीमा क्षति   

नेपालगञ्ज, १७ माघ : पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ ।    
    
जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । ती मध्ये आलु दुई हजार ८००, गोलभेँडा एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ ।    
    
हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभेँडा खेतीमा क्षति भएको छ । उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति भएको छ । खाल्डो जग्गामा लगाएको तरकारीमा पानी जमेर सबै तरकारी बाली नष्ट भएको छ । उँचो ठाउँमा लगाएको तरकारीमा केही कम क्षति भएको करमोहना गाउँका किसान जगतराम काँदुले जानकारी दिनुभयो ।    
    
किसानले लगाएको तरकारीबालीमा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने नेपालगञ्ज–१२ बेलासपुर करमोहना स्मार्ट कृषिगाउँका कार्यवाहक अध्यक्ष सन्तकुमार बर्माले माग गर्नुभएको छ । बाँकेका आठवटै स्थानीय तहका किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । किसानको क्षतिपूर्ति बढी भएकाले कृषि ज्ञान केन्द्रले अहिले किसानको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।    
    
 

३१ Jan २०२० , ७:०१pm
हाम्रो आवाज