नेपाली समय:

वि.सं २०७६ फाल्गुण ५   सोमवार

EnglishEN
    इँटा उद्योगका मजदूर मृत फेला   

    इँटा उद्योगका मजदूर मृत फेला   

काभ्रेपलाञ्चोक, १७ माघ : पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर आज बिहान मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।    
    
अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदूरसँगै सुतेको र तीन जना बिहान सबेरै काममा निस्किएका थिए । बिहान ७ बजे काममा आउनुपर्ने काममा नआएपछि उनका साथीले हेर्न जाँदा सदाय मृत अवस्थामा देखिएका थिए । सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताउनुभयो ।    
    
मृतक सदायको दरभङ्गामा रहेको परिवारलाई घटनाबारे जानकारी गराइएको प्रनि अधिकारीले बताउनुभयो । सदायले उद्योगमा मिस्त्रीको काम गर्दै आउनुभएको थियो । 

३१ Jan २०२० , ७:०४pm
हाम्रो आवाज