नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
स्थानीय र केन्द्रीय पत्रकारितामाथि रोल्पाको होलेरीमा बहस हुने

स्थानीय र केन्द्रीय पत्रकारितामाथि रोल्पाको होलेरीमा बहस हुने

काठमाडौं- फागुन १ र २ गते रोल्पाको होलेरीमा स्थानीय र केन्द्रीय पत्रकारितामाथि बहस हुने भएको छ।  हुन लागेको ‘होलेरी राष्ट्रिय मिडिया सम्मेलन’मा पत्रकारिता केन्द्रित विभिन्न सत्रहरुमा छलफल हुने भएको छ। 

रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ रोल्पाको सहआयोजनामा हुन लागेको सम्मेलनमा तीन कार्यपत्र पेस हुने भएका छन्।  ‘किन आउने होलेरी?’ विषयमा  डा.गोविन्द आचार्य, ‘रोल्पाबाटै किन सुरु भयो जनयुद्ध?’

विषयमा नविन विभाष र ‘रोल्पाको पत्रकारिताको नालिबेली’ विषयमा नेपाल पत्रकार महासंघ रोल्पाले कार्यपत्र पेस गर्ने छन्। सम्मेलनमा विभिन्न ९ सत्रहरुमा बहस हुनेछ। ‘होलेरी आत्रमणको कथा’, ‘छाँयामा पत्रकार छाँयामा समाचार’‚ ‘संघीयता, समाचार र संचारकर्मी’, ‘भेटीने-देखिने–सुनिने सरकार’, ‘संचार र समृद्धि’, ‘रोल्पाः राजनीतिक द्वन्द्व र अर्थतन्त्र’, ‘ओझेलमा आवाज’, ‘आवाज, अक्षर र आध्यात्म’ र ‘रापती सेरोफोरो : पत्रकारिताको घेरो’ सत्र रहेका छन्।  

रोल्पा बाहिरबाट  नारायण वाग्ले, किरन नेपाल,  गुणराज लुईटेल, नारायप्रसाद शर्मा, प्रशान्त अर्याल, टिकाराम यात्री, नारायण अमृत, अखण्ड भण्डारी, नितु पण्डित, निर्मला शर्मा, भुषिता वशिष्ठ, गंगा वि.सी.,  उमेश चौहान, शुसील गौतम लगायतका पत्रकारहरु सम्मेलनमा  सहभागी हुन जानेछन्। सम्मेलनमा उर्जमन्त्री मन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, ५ नं.प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगीलगायत पनि सहभागी हुनेछन्। 

तत्कालीन नेकपा  (माओवादी)ले २०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकीलगायतमा आक्रमण गरेर सशस्त्र युद्धको सुरुवात गरेको थियो। यही क्षेत्रमा तत्कालीन जनमुक्ति सेनाको अस्थायी शिविर राखिएको थियो। रुन्टिगढीलाई स्वर्गद्वारी महाप्रभुको जन्म स्थान पनि मानिन्छ।

१० Feb २०२० , ४:११pm
हाम्रो आवाज