नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
सरकारसँग आयोगको आग्रह   

सरकारसँग आयोगको आग्रह   

काठमाडौँ, ७ फागुन : राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको धनगढीमा आमरण अनशनमा रहनुभएका थारुवान राष्ट्रियमोर्चाका नेता लक्ष्मण थारुको समस्यालाई वार्ताका माध्यमबाट समाधान खोजी निजको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।    
    
आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधान संशोधनलगायतका विभिन्न माग राखेर यही फागुन १ गतेदेखि धनगढीमा आमरण अनशनमा रहेका नेता थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजका माग सम्बन्धमा आवश्यक छलफल र संवाद गरी निष्कर्षमा पुगी जीवन रक्षा गर्न आग्रह गरिएको छ ।    
     
“आपसी विमतिका विषयलाई वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न तथा कुनै पनि समस्या समाधानका लागि आमरण अनशन जस्तो कठिन बाटो नरोज्नसमेत आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।    
  

१९ Feb २०२० , ९:५७pm
हाम्रो आवाज