नेपाली समय:

वि.सं २०७७ कार्तिक १४   शुक्रवार

EnglishEN
  बैंक खाता नखोल्दा सामाजिक सुरक्षाभत्ता पाएनन्   

  बैंक खाता नखोल्दा सामाजिक सुरक्षाभत्ता पाएनन्   

सिमकोट, १८ फागुन : हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका छन् ।    

रायाका तारावीर रावलले भन्नुभयो,“ नौ महिना बितिसक्यो भत्ता पाइएको छैन । “भत्ता नपाउँदा दशैँ पनि खल्लोमै बित्यो, दुई महिना हिउँद पनि चिसोमै काटियो । ” चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिए पनि अहिलेसम्म भत्ता नपाएको उहाँले गुनासो गर्नुभयो ।    

सामाजिक सुरक्षाभत्ता पाउने नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो । उहाँले सबै वडामा एकैपटक वितरण गर्न बजेट निकासा गरिएको तर नागरिकले बैंकमा खाता नखोलेका भत्ता नपाएको बताउनुभयो । सामाजिक सुरक्षाभत्ता स्थानीय निकाय मार्फत् सम्बन्धीतको बैंक खातामा जम्मा हुने नियम रहेको छ ।    

१ Mar २०२० , १:१२pm
हाम्रो आवाज