नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
महामुर्ख सम्मेलनमा अबिरको सट्टा फूल प्रयोग हुने   

महामुर्ख सम्मेलनमा अबिरको सट्टा फूल प्रयोग हुने   

जनकपुरधाम, २५ फागुन : मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । सो परिषद्द्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलन सो भाइरसको संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा फूलल प्रयोग गरेर महामुर्ख सम्मेलन मनाउने जानकारी दिइयो ।    

सो परिषद्का अध्यक्ष परमेश झाले आइतबार डम्फावादन प्रतियोगिता, होली पर्वमाथि चर्चापरिचर्चा र होली गीत गायनमा उत्कृष्टलाई पुरस्कारसमेत प्रदान गरिने कार्यक्रम रहेको बताउनुभयो । त्यस्तै सोमबार होली गीत गायन, मिनापको हास्य शैलीमा व्यङ्ग्य शैलीमा नाटक प्रस्तुति, हाँस्य कविगोष्ठी, मुर्ख र महामुर्खको उपाधि वितरण गरिने उहाँले जानकारी दिनुभयो । स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायसहित होली पर्व मनाउने उहाँले बताउनुभयो ।    

८ Mar २०२० , १०:२५am
हाम्रो आवाज